सोमवार , चैत्र ७, २०७८
भैरहवा, ७ चैत ।
रुपन्देहीमा नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्यसहित ३८ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । माओवादी केन्द्र जिल्ला कमिटी सदस्य कर्ण बहादुर वि.क., ओमसतिया गाउँपालिका–१ का वाइसिएल अध्यक्ष गणेश ठाकुरसहित विभिन्न पार्टी परित्याग गरी ओमसतियाबाट २६ तथा अन्य क्षेत्रबाट १२ गरी ३८ जना आइतबार राप्रपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले संयुक्त रुपमा पार्टीको सदस्यतासहित स्वागत गरेका थिए ।
राप्रपा रुपन्देही जिल्ला सचिव बलराम शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, जिल्ला सल्लाहकार संयोजक कृष्ण प्रसाद भण्डारी, जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिक, जिल्ला सदस्य तुफेल पठान, क्षेत्र नम्बर ३ का उपाध्यक्ष डा. अमित चर्तुवेदी, ३(क) का अध्यक्ष अर्जुन थापा, बुटवल उपमहानगरपालिका अध्यक्ष निरज प्रताप खाँण, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, ओमसतिया गाउँपालिका अध्यक्ष अर्जुन घिमिरे, नेताहरु प्रदिप घिमिरे, नारायण उपाध्याय, शाहरुख पठान, कृष्ण अर्याल, प्रभात ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
