२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउदै

सोमवार , चैत्र ७, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौँ, ७ चैत।  चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको मिति तय भएको छ।  

    परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ। 

    भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ। 

    नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्का र उनका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रासस