२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

सिद्धार्थनगर–१३ मा एमालेको टोल कमिटी गठन

सोमवार , चैत्र ७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ७ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा टोल कमिटी गठन गरेको छ । नयाँ सडक, श्रद्धा पथमा अर्जुन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन भएको एमाले सिद्धार्थनगर वडा नम्बर १३ की उपसचिव सविता रसालीले बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले जिल्ला कमिटी रुपन्देहीका सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज डिजाइन थापाले एमालेको संगठन प्रत्येक टोलटोलमा विस्तार गर्दै पार्टीका गतिविधिलाई प्रचार गर्दै एमालेले जनताको पक्षमा गरेका कामहरु जनतामा लैजान आग्रह गरे ।

    विशिष्ट अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज  उमा अधिकारीले आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ जिताउनुपर्ने बताइन् ।

    एमाले सिद्धार्थनगर वडा नम्बर १३ का अध्यक्ष भिम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङ, वडा इञ्चार्ज केदारमान राजभण्डारी, सह–इञ्चार्ज सतिस मर्सानी, सदस्य अर्जुन गौतम लगायतले मन्तव्य राखेका थिए ।