२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

नेपाल मुस्लिम संघ, रुपन्देहीको अध्यक्षमा सम्साद अहमद निर्वाचित

सोमवार , चैत्र ७, २०७८

भैरहवा, ७ चैत । 
नेपाल मुस्लिम संघ, रुपन्देहीको अध्यक्षमा सम्साद अहमद खान निर्वाचित भएका छन् । सोमबार भैरहवामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले खानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

संघको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा सविर मिया, सहसचिवमा मोहम्मद सिद्धिकी र कोषाध्यक्षमा मुस्ताक अहमद चयन भएका छन्। 

तेस्रो अधिवेशनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले उद्घाटन गरेका थिए । नेपाली कांग्रेसको भातृ संगठनको अधिवेशन हुन नसकिरहेका बेला मस्लिम संघले भने निर्विरोध रुपमा निर्वाचन गरेर उदारणीय काम गरेको छ ।