२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिद्धार्थनगर–६ मा एमालेको टोल कमिटी गठन

मंगलवार , चैत्र ८, २०७८

भैरहवा, ८ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ ले टोल कमिटी गठनलाई तीव्रता दिएको छ । सोही क्रममा पार्टीले सोमबार किशोरपुर–दुर्गा कलोनीमा टोल कमिटी गठन गरेको छ । टोल भेलामार्फत सुक बहादुर गुरुङ अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले एमालेको संगठन प्रत्येक टोलटोलमा विस्तार गर्दै पार्टीले गरेका कामहरु जनतामाझ लैजानुपर्ने बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका कामहरुको प्रचारप्रसार गर्नुपर्ने बताए ।

विशिष्ट अतिथि एमाले सिद्धार्थनगर सचिव नारायण प्रसाद भण्डारीले एमालेलाई बहुमतका साथ जिताउन जनता आतुर रहेको बताए । उनले एमालेले जनताको पक्षमा काम गरेकाले पार्टीको जित सुनिश्चित रहेको दावी गरे ।

एमाले सिद्धार्थनगर वडा नम्बर ६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा इञ्चार्ज नसिबदार मुसलमान, नगर कमिटी सदस्य लता पोख्रेल, वडा सचिव मदन पौडेल लगायतले बोलेका थिए ।