२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

एमालेद्वारा सिद्धार्थनगर–८ मा टोल कमिटी गठन

मंगलवार , चैत्र ८, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ८ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगर वडा नम्बर ८ को टोल कमिटी गठन गरेको छ । बुद्धपथ, भिमलालपथ टोलको भेलाले राम प्रसाद तिवारीको अध्यक्षतामा २९ सदस्यीय टोल कमिटी गठन भएको हो । 

    टोल कमिटी गठन कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य राजेन्द्र प्रसाद पन्थीले एमाले मात्र देश विकास गर्ने र समृद्धि नेपाल सुशी नेपालीको लक्ष्य पुरा गर्न सक्ने बताए । उनले जनता चुनाव चिन्ह सुर्यमा भोट हाल्न आतुर भएको बताए ।

    एमाले सिद्धार्थनगर–८ का अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता तथा सचिव दिल कुमारी कुंवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला सदस्य सीता काफ्ले, नगर अध्यक्ष चक्र बहादुर थापा , वडा सह–इञ्चार्ज हरि आचार्य, कमल भुसाल, पूर्व क्षेत्रीय सदस्य  धुर्व अधिकारी, जनप्रतिनिधि उमेश थापा लाटोमगर, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य लक्ष्मी खनाल, दामोदर भट्टराई, वडा सह–सचिव विष्णु पौडेल, अखिल नेपाल महिला संघ सिद्धार्थनगरका अध्यक्ष पार्वती पौडेल लगायतले बोलेका थिए ।