२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

प्याब्सनको १५ औं महाधिवेशन बुधबार

मंगलवार , चैत्र ८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ८ चैत ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ ।

    आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुंगाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

    प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् । रासस