२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

मधेशको समृद्धिका लागि एमाले प्रतिबद्ध : अध्यक्ष ओली

मंगलवार , चैत्र ८, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ८ चैत ।
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशको विकास र समृद्धिका लागि वास्तविक रूपमा काम गर्ने पार्टी एमाले मात्र भएको बताएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धर, नेकपा (माओवादी केन्द्र) का पर्साका नेता बाबुराम कौशिक, तराई मधेस लोकतान्त्रिक पार्टीका पूर्वमहामन्त्री शिव पटेल लगायतलाई मंगलबार पार्टीमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा अलमलिएर नबस्न आग्रह गरे । 

    ओलीले आफू सरकारमा हुँदा हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, जनता आवाज कार्यक्रम लगायत महत्वपूर्ण काम गरेको स्मरण गराउँदै तराई मधेशलाई ठगी खाने भाँडो बानाउने प्रवृत्तिलाई आगामी निर्वाचनबाट परास्त गर्न आग्रह गरे । उनले एमालेमा हरेक दिन प्रवेशको लहर चलेकाले यस पार्टीमा आउने व्यक्तिको राजनीतिक भविष्य सुरक्षित हुने र एमालेका कारण देशको भविष्य पनि सुरक्षित हुने बताए । रासस