images

बुधवार, बैशाख १२ गते २०८१

कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

images
images
images
बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • कृषि मेलाको तयारी पुरा : लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

    बुटवल, ९ चैत ।
    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यही चैतको १० देखि १४ गतेसम्म बुटवलमा सञ्चालन गर्न लागिएको मेलाको तयारी पुरा भएको मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

    images

    ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहीबार लुम्बिनी प्रदेशका प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेछन् । संघले संञ्चालन गर्न लागेको यो दशौं संस्करणको कृषि मेला हो ।

    २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टीकृत कृषि मेलाको सुरुवात गरेको थियो ।

    नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेशामा आश्रीत भए पनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउँदै पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरी कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टीकृत कृषि मेला आयोजना गरिएको बताए । रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भए पनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उनको भनाइ छ ।

    पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिष्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।

    ५ दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै : धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मल आदि) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमूलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ ।

    गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषि मेलामा अधिकतम ५० स्टल रहेन छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

    पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव घनश्याम चौधरीले कृषिको व्यवसायिक विकास र प्रवद्र्धनको लागि बुटवल उद्योग वाणिज्य संघले गरेको कार्य सराहनीय रहेको बताए । उनले कृषिको व्यवसायिक विकास गरी कृषिजन्य आयात प्रतिस्थापन गर्न सकिए मात्रै देश सृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij