२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमाले सिद्धार्थनगर–६ ले टोल कमिटी गठनलाई तीव्रता दिदै 

बुधवार , चैत्र ९, २०७८

भैरहवा, ९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले विभिन्न टोल कमिटी गठनलाई तीव्रता दिएको छ । सोही क्रममा मंगलबार अशोक पथ, महाविर पथ, सहिद पथ, इद्रीसी पथ तथा गल्लामण्डी, प्रेमनगर, पिपरहियामा टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले बताए ।

टोल भेलामार्फत अशोक पथ, महाविर पथ, सहिद पथ, इद्रीसी पथमा अनिता अनिता थापाको अध्यक्षतामा २३ सदस्यीय र गल्लामण्डी, प्रेमनगर, पिपरहियामा राम प्रसाद श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–६ का सचिव मदन पौडेलले बताए ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिका सह–इञ्चार्ज डिजाइन थापाले नेपालको उत्कृष्ट र सबैभन्दा ठूलो पार्टी एमाले भएको बताए । उनले एमालेबाहेक अन्य पार्टीले मुलुकको विकास गर्न नसक्ने दावी गरे । नेता थापाले आगामी निर्वाचनमा एमालेलाई दुईतिहाई बहुमतका साथ जिताउनुपर्नेमा जोड दिए ।

एमाले सिद्धार्थनगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले जनता एमालेको पक्षमा रहेको बताए । उनले अदालतको परमादेशबाट बनेको गठबन्धन सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए ।

कार्यक्रममा एमाले सिद्धार्थनगर–६ का इञ्चार्ज नसिबदार धुनिया, पूर्व वडा इञ्चार्ज रण बहादुर कुंवर, नगर कमिटी सदस्य लता पोखरेल लगायतले बोल्दै एमालेको नेतृत्वमा बन्ने सरकारले नै मुलुकमा विकास गर्ने बताए ।

IMG20220322183154.jpg