२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

सिद्धार्थनगर–४ मा एमालेको टोल कमिटी गठन

बुधवार , चैत्र ९, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ९ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा टोल कमिटी गठन गरेको छ । बुधबार दोगहरामा सुनिता यादवको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगर–४ का सचिव रोशन बहादुर थापाले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले एमालेले नै देश र जनताको पक्षमा काम गर्ने दावी गरे । उनले एमालेलाई जिताउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा एमाले सिद्धार्थनगर–४ का अध्यक्ष राजेश गुप्ता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष मिलन बस्नेत, नगर कमिटी सदस्य तथा सिद्धार्थनगर–४ का इञ्चार्ज लक्ष्मी गुरुङ, नगर कमिटी सदस्य तथा सिद्धार्थनगर–४ का सह–इञ्चार्ज कृष्ण गुरुङ, राष्ट्रिय युवा संघ सिद्धार्थनगर–४ का अध्यक्ष आदर्श सेञ्चरी लगायतले बोल्दै आगामी निर्वाचनमा एमालेलाई जिताउनुपर्ने बताए ।

    276048825_459470069289343_3283361628859070895_n.jpg

    यसअघि मायादेवी, विमानस्थल टोल कमिटी पनि गठन भइसकेको एमाले सिद्धार्थनगर–४ कमिटीले जनाएको छ ।