
बुधवार , चैत्र ९, २०७८
काठमाडौ ९ चैत। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला गाउँदेखि केन्द्रसम्म माहोल तातेको छ । देशभर एकैपटक हुन लागेको स्थानीय तहको चुनावले नेता–कार्यकर्तादेखि आम सर्वसाधारणमा एक प्रकारको माहोल सुरु भएको छ ।
विगतमा नेतृत्व लिन सफल नभएका नेता–कार्यकर्ता यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । नेतृत्व पाइसकेका राजनीतिक दलले आफ्नो निरन्तरताका लागि पाँच वर्षमा गरेका काम–कारबाहीको समीक्षा गर्दै आगामी दिन पुनः नेतृत्वमा पुग्ने रणनीति बुनेको देखिन्छ । कतिपय स्थानीयतहमा राजनीति दलको हाबीले आजित बनेका जनता भने अबाउँदो नेतृत्वले पनि जनताको पक्षमा काम गर्नेमा शंका गर्न थालेका छन् । कतिपय जनप्रतिनिधिको बिभेदकारी कार्यबाट आजित बनेका जनता ती जनप्रतिनिधिलाई बिदाइ गर्न पाउँदा खुसी देखिन्छन् भने साँच्चिकै जनताको सेवामा खटिएका जनप्रतिनिधिलाई नेतृत्वबाट हटाएर कस्तो नेतृत्व आउने हो भन्नेमा चिन्तित पनि छन् ।
हाल नेताका घरदेखि चोक–चोकमा निकै बहस हुने गरेको स्थानीय तहको निर्वाचनको बहस इलाम नगरपालिका भित्रका चोक गल्लीमा पनि व्यापक भएको पाइन्छ । व्यवसायीले सही नेतृत्व छान्न सके व्यापार गर्न सजिलो हुनेतिर बहस गरेको देखिन्छ भने किसानलाई किसानमैत्री नेतृत्व आए साँच्चिकै किसानका समस्या बुझ्ने थिए भन्ने लागेको पाइन्छ । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसँग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।
निर्वाचनको मिति जति नजिकिदो छ । चुनावी चर्चा उतिकै चुलिदै गएको छ । अझ सत्तारुढ गठबन्धन दलका विषयमा चर्चा बढि रहेको छ । यही गठबन्धन चुनावसम्म कायम रहने र चुनावी मैदानमा उत्रने हो भने भावी चुनावी रणनीति के के बनाइनु पर्ला जस्ता विषयमा समेत छलफल हुन थालेको छ ।
इलाम सदरमुकामको ‘इलाम नगरपालिका’को नेतृत्व कस्ले हात पार्ला ?
नेपाली कांग्रेसका मात्रै तीन जना उम्मेद्वारले चुनाव अघि नै मेयरको दावी गर्दै प्रचार शुरु गरेका छन् भने नेकपा एमालेका तर्फबाट पनि तीन जनाकै चर्चा छ ।
यता माओवादीबाट एक जनाले मेयरको दावी गरिरहेका छन् । नेपाली कांग्रेसबाट केदार थापा, खगेन्द्र् देवान, राजेन्द्र शर्माको नाम चर्चामा छ । नेकपा एमालेबाट धिरेन चेम्जोङ , कृष्ण श्रेष्ठ, र नरेन्द्र नाथ भट्टराईको चर्चा छ भने माओवादीबाट प्रभाष शर्माको नाम अघि आएको छ । दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेद्वारको चर्चा यतिबेला मतदाताको घरघरमा पुगिसकेको छ । पुर्ब प्रधानमन्त्रि र पुर्ब सभामुखको गृह जिल्ला भएकाले पनि यस जिल्लाको स्थानिय निकायको चुनाबलाई निकै महत्बका साथ हेरीएको छ । अझ भनौ इलामकै पुरानो नगरपालिका त्यसमा पनि सदरमुकामको यसैले पनि यो अन्य पालिका भन्दा महत्वका साथ हेरिने गरिन्छ । अझ यस पटक दलका प्रभावशाली नेता नै इलामको प्रमुख र उपप्रमुखको उम्मेद्वार हुने भएकाले पनि उनीहरुको चर्चा चुलिएको हो ।
इलाम नगर प्रमुखमा केदार थापाको चर्चा चुलिदै
कांग्रेस, एमालेका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेद्वारको बहस दिन कटाउने मेलो बनेको छ यतिबेला । कांग्रेसभित्र नगर प्रमुखका लागि ३ जनाको चर्चाले मज्जले स्थान पाएको छ । त्यसमा पनि इलाम नगरवासी मतदाताले मेयरका लागि केदार थापालाई बढी इच्छाएको बुझिएको छ । थापालाई इलाम नगरका मतदाताले मात्र नभएर अन्य पालिकाका मतदाताले समेत नजिक बाट नियालेका छन् । जनतामाझ भिजेको र सरल स्वभावका उनी सबैमाझ लोकप्रिय छन् । कांग्रेस बृतमा पनि केदार थापाको चर्चा नै बढी रहेको छ । कांग्रेस इलाममा लोकप्रिय रहेका थापा युवा जमातमा पनि उत्तिकै लोकप्रिय छन् । केही महिना अघिमात्र सम्पन्न कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशनलाई हेर्दा इलाममा थापाको माहोल बलियो देखिन्छ ।
थापालाई यतिबेला मतदाताको साथ सहयोग बलियो भएको देखिएपछि चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता केदार थापाकै हुने थापा निकट श्रोतको दावी मात्र छैन पार्टी समेत चर्को दबाब देखिएको छ । थापा राजनीतिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि अब्वल छवि बनाइसकेकाले मतदाताको रोजाइमा परेको नगरवासीले बताउँदै आएका छन् ।
को हुन केदार थापा ?
२०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा जन्मिएका हुन् केदार । उनी माइला सन्तानका रुपमा थापा परिवारमा जन्मिएका थिए । इलाम जिल्लाको इलाम नगरपालिकामामा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखिनै नेपाली कांग्रेसमा आस्था राखेका थापाले बिद्यार्थीकाल बाट नै राजनीति यात्रा तय गरेका हुन् ।
थापाको राजनैतिक यात्रा
नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए । २०४६ सालको आन्दोलन सफल बनाउन उनी आफ्नो ठाउँबाट अग्रहसर भएर लागेका थिए भने २०६२÷२०६३ सालको जनआन्दोलनमा समेत थापाको नेतृत्बदायी भूमिका रहेको थियो । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने थापा हरेक आन्दोलमा आफैं अग्रभागमा आउँछन् । २०४६ सालमा नेपाल विद्यार्थी संघको सभापति रहेकै बेला उनी आन्दोलनमा सक्रिय भएर थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०५६ सालमा तरुण दलको संस्थापक अध्यक्ष बनेका थिए । ११ औ महाधिबेशनमा जिल्ला सचिव बनेका थिए भने १२ आंै महाधिवेशनबाट पनि उनी सचिवमा नै निर्वाचित बनेका थिए । हाल उनि महाधिबेसन प्रतिनिधिका रुपमा रहेका छन् ।
केदार थापा नै किन ?
जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिका अध्यक्ष रहेर काम गरेका थापाले अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेकै कारण सामाजिक क्षेत्रमा समेत चर्चा बटुलेका उनले विपन्न र निमुखाको आर्शीवाद पाएका छन् । इलामको सुक्खा क्षेत्रमा पानी ल्याउन अहम भूमिका निर्वाह गरिरहेका उनी इलाममेली बीचमा रुचाइएका छन् । स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका थापा हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता ठान्छन् । जसका कारण इलामेली नागरिककले अफट्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् ।
नेपाली कांग्रेसको राजनीतिमा ४० बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल उनी इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहेका छन् । यो संगै संचार क्षेत्रलाई समेत माया गर्ने थापा इलामको लोकप्रिय रेडियो नेपालबाणीको अध्यक्षमा लामो समय रहेर काम गरिसकेका छन् । थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन् नै नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् । यसैले पनि थापा सबैको रोजाइमा परेका हुन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij