images

बिहिवार, बैशाख १३ गते २०८१

शहरको कोलाहल छल्न जाने हैन त गाउँको सिर्जना फार्म

शहरको कोलाहल छल्न जाने हैन त गाउँको सिर्जना फार्म

images
images
images
बुधवार, चैत्र ९ २०७८
बुधवार, चैत्र ९ २०७८
  • शहरको कोलाहल छल्न जाने हैन त गाउँको सिर्जना फार्म

    भैरहवा–पहाडकी रानी भनेर चिनिने पाल्पा तानसेनभन्दा १४ किलोमिटर उत्तरपश्चिमको शान्त गाउँ । गाउँले परिवेशमा गाउँकै शैलीमा खानेबस्ने ठाउँ हो सिर्जना फार्म ।

    images

    पाल्पाको रिब्दिकोट गाउँपालिकाको हिरापोखरामा रहेको सिर्जना फार्म गाउँले परिवेशबारे बुझ्न चाहने र गाउँबाट शहर बसाई सरेपछि गाउँको तलतल मेटाउने ठाउँ हो ।

    पहाडका गाउँमा जसरी दाउरा बालेर पकाउने खाना खानेदेखि घरेलु काममा रमाउन मन छ भने एकपटक पुग्नैपर्ने ठाउँ हो सिर्जना फार्म ।

    1397787_392766480826770_1084395723_o.jpg

    भिरालो पाखामा डोको बोकेर घाँसदाउरा गर्न, ढिकीजाँतोमा कुटानीपिसानी गर्न, तरकारीमा गोडमेलदेखि खेतीपातीका अरु धेरै काम गर्न रहर लागेको छ भने सिर्जना फार्म उपयुक्त थलो हो ।

    करीब १३ वर्षअघि साथीभाइ मिलेर रहरैरहरमा सञ्चालन गरेको फार्ममा अहिले नेपालीमात्रै हैन विदेशी पर्यटक पनि रमाइलो मानेर फर्की फर्की आउँछन् ।

    सञ्चालकमध्येका एकजना विष्णु अधिकारी फार्म खोल्नुको कथाबारे यसरी सम्झिन्छन्–‘म पाल्पा तानसेनको मान्छे, काठमाडौं मदन पुरस्कार पुस्तकालयमा अर्काइभ र नेपाली युनिकोडसम्बन्धि काम गरिरहेको थिएँ, बेलाबेलामा हामी साथीभाइ मिलेर हाइकिङ जान्थ्यौं, जाँदाजाँदै गाउँको परिवेशमा रमाइलो लाग्ने खालको थलो बनाउनुपर्छ भन्ने सोंच आयो, अनि जन्मियो सिर्जना फार्म ।’

    244761214_3790074354429282_7961057669874654993_n.jpg

    त्यसअघि साथीभाइ मिलेर काठमाडौंमै रहर मेट्ने कोशिश गरे उनीहरु । ‘साथीभाईसँगको चियागफकै आइडियाअनुसार काठमाडौंमा अर्गानिक तरकारी खेती सुरु गर्न थाल्यौ, मदन पुरस्कार पुस्तकालयमा सँगै काम गर्ने पच्चीस जना साथीभाई र अरु दुईचारजना साथी मिलेर काठमाडौंको चापागाउँ लेलेमा १५ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती सुरु गर्‍यौं’–उनी सम्झिन्छन्–अर्गानिक तरकारी खेती गरिरहेका हामीलाई अझै धेरै ठाउँमा अरु धेरै रमाइलो ठाउँ बनाउनुपर्छ भन्ने लाग्यो, त्यसपछि हामी रिब्दिकोट आयौं ।’ 

    २०६८ सालमा काठमाडौंबाट रिब्दिकोट आएपछि बोयर बाख्रा पालन गर्न थाले ।

    ‘ठाउँ खोज्ने शिलशिलामा पाल्पाको रिब्दिकोटमा प्रशस्त जग्गा पायौं । त्यो जग्गालाई लिजमा लिएर हामीले २०६८ सालमा बोयर जातका बाख्रा पाल्न सुरु गर्‍यौं’,–अधिकारीले भने–नेपालमा बोयर बाख्राको कृत्रिम गर्भाधान हामीले नै भित्राएको हो ।’    

    11034888_562335170536566_574258811171971279_o.jpg

    बाख्रा पाल्न थालेपछि टीममा उत्साह थपियो । अनुभव र ज्ञान पनि बढ्दै गयो । अनि शुरु भयो, खेतीकिसानीसँगै पाहुनाघरको सेवा ।

    ‘नेपालमा बोयर बाख्राको व्यवसायिक पालन शुरु गरिएकाले अनुसन्धानकर्ता साथीहरुको आवत जावत बढ्दै गयो, त्यहाँ आउने अनुसन्धानकर्ताको लागि खानेबस्ने व्यवस्था गर्नुपर्ने भयो, त्यसपछि त्यसरी आउने पाहुनालाई खाने बस्ने ठाउँ पनि बनाउनुपर्छ भन्ने लाग्यो र थप्दै गयौं ।’

    यसरी पाहुनाघर बनाएपछि अनुसन्धान गर्नेहरु त आउँथे नै, गाउँले परिवेशमा रमाउन चाहनेहरु पनि आउन थाले ।

    272377412_4144170682352979_4794002073411307774_n.jpg

    ‘शुरुमा त यहाँ अनुसन्धानका लागि आउने पाहुनाहरुले टिप्स दिएर जाने गर्नुहुन्थ्यो त्यसले हामीहरुलाई थप हौसला दियो, अरु केही थप संरचना बनाउनुपर्छ भन्ने आइडिया आयो, उनी भन्छन्–त्यसपछि भैसी, कुखुरा पालन देखि तरकारी खेती पनि थाल्यौं, कृषिलाई पर्यटनसँग जोड्दा राम्रो भविष्य देख्यौं, फार्ममा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु गाउँको वातावरणमा रमाएको देख्यौं । त्यसले हामीलाई व्यवसाय गर्नमा थप हौस्यायो ।’ 

    1090907_366814853421933_194079578_o.jpg

    यसरी उनीहरुले ३ वटा कोठा र टेन्ट राखेर होमस्टे शैलीमा पाहुनाघर चलाए । पाल्पामै यसरी कृषि र पर्यटन जोडर होमस्टे बनेका थिएनन् । यसले स्थानीयलाई समेत घुमघाम गर्ने र नयाँ कुरा सिक्ने मौका दियो । आउनेजानेहरु बढ्दै गएपछि उनीहरु कृषिकर्मलाई अरु विस्तार गर्दै गए ।

    ‘हामीहरु आफैले उत्पादन गरेका अर्गानिक तरकारी, मौसमी फलफुलदेखि लिएर कुखुरा, खसीबोकाको मासु, गाईभैसीको दुधबाट बन्ने परिकारहरु बनाई आगन्तुक पाहुनाहरुको खानाको लागि व्यवस्था ग¥यौं, त्यसबाट हामीले सोंचेभन्दा राम्रो भएपछि हामीले यस फार्मलाई कृषि र पर्यटनसँग जोडेर थप व्यवस्थित बनाउदै लग्यौं–अधिकारी भन्छन्–यसरी यो फार्म अघि बढ्छ भन्ने लागेकै थिएन, त्यसकारण पनि हामीमा हौसला थपियो, नयाँ नयाँ प्रयोग गर्दै गयौं, सफलता हात लाग्दै आयो ।’

    49895657_1519450244825049_7599727098768392192_n.jpg

    गाउँले जिवनमा रमाउन चाहेनहरुका लागि पाल्पाको सिर्जना फार्म गतिलो गन्तव्य हो । शहर बजारबाट उद्योगी, व्यवसायी गाउँमा रमाउन चाहनेहरु आफ्ना छोरीछोरी र परिवारका साथ सिर्जना फार्म पुग्छन् ।

    कामको थकानले आजित भएका आन्तरिक पर्यटक फार्म पुग्छन् ।

    11429662_588367967933286_7626477706208681014_o.jpg

    ‘मलाई त एकदमै रमाइलो लाग्यो, पहाडको साँच्चिकै अनुभव गर्न पाइने रहेछ, पहाडको जीवनशैली कस्तो हुने रहेछ भन्ने कुरा अनुभव गर्न पाएँ, भैरहवाबाट सिर्जना फार्म पुगेका कमला भुसाल भन्छिन्–शहरमा बसेर केही दिन रिफ्रेस हुन चाहनेहरुका लागि पनि यो सबैभन्दा राम्रो ठाउँ हो ।’

    साथीभाइको समूह मिलेर रमाउन जानेमात्रै हैन, पारिवारिक वातावरण पनि छ यहाँ । एकजनाको एक दिनको प्याकेज साढे ३ हजारबाट शुरु हुन्छ ।

    981743_340875959349156_1606980412_o.jpg

     

    49533957_1519450088158398_4306649542620610560_n.jpg

    49517073_1519450304825043_4594907647081185280_n.jpg

    यही बीचमा, कोभिड १९ को महामारी र पहिरोले थलिएको फार्म बल्लतल्ल तंग्रिदैछ ।

    ‘हामी राम्ररी अघि बढिरहेका थियौं, कोभिड १९ ले नराम्रोसँग घुडा टेकायो, दुई वर्ष जति पहिरो र कोरोनाले थला पा¥यो–अधिकारीले भने–अहिले हामी फार्मलाई कसरी उकास्न सकिन्छ भनेर लागिपरेका छौ ।’

    कोभिड महामारीपछि फार्म फेरि पूरानै उत्साह बोकेर पाहुनालाई स्वागत गर्न फूलमाला लिएर बसेको छ ।

    ‘हामी अब पूर्णरुपमा सेवा दिन तयार भइसकेका छौं, बुकिङहरु पनि खुला भएका छन्, अधिकारी भन्छन्–होमस्टे र रिसोर्टकै शैलीमा हामीले खानपानदेखि बसोबास र अरु सबै सुविधाहरु दिनेगरी तयार छौं, पाहुनाहरुलाई स्वागत छ ।’

    981350_340876076015811_1089352915_o.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij