
बिहिवार , चैत्र १०, २०७८
भैरहवा, १० चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा पार्टीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । कार्यालयको बुधबार एक कार्यक्रमका बीच राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै थापाले आगामी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदय हुने बताए । उनले राप्रपाले नै मुलुक र जनताको हितमा काम गर्ने दावी गरे ।
कार्यक्रममा राप्रपाका निवर्तमान केन्द्रीय सदस्य शक्ति प्रसाद सापकोटा, क्षेत्र नम्बर २ का अध्यक्ष राम बहादुर थापा, बुटवल उपमहानगरपालिका अध्यक्ष निरज प्रताप खाँण लगायतको उपस्थिति रहेको थियो ।
देवदह–१२ मा १९ जना राप्रपामा प्रवेश
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १२ मा विभिन्न पार्टी परित्याग गरी १९ जना राप्रपामा प्रवेश गरेका छन् । पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश तथा निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा १९ जना राप्रपामा प्रवेश गरेका हुन् ।
रामनाथ कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, जिल्ला सदस्यहरु, क्षेत्रीय अध्यक्ष नगर अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
टोल समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० स्थित लक्ष्मीपुरमा टोल समिति गठन गरेको छ । लल्लन यादवको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको पार्टीले जनाएको छ ।
राप्रपा लुम्बिनी सांस्कृतिक नगर कार्यसमितिले बुधबार आयोजना गरेको उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष गंगाराम जैसवाल, युवा नेता मनोज जैसवाल, क्षेत्रीय सचिव किसु गौतम, वडा नम्बर १० समितिका अध्यक्ष शिवप्रसाद यादव, सचिव अकलेश यादव लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij