
शुक्रवार , चैत्र ११, २०७८
भैरहवा, ११ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरिएको छ । बिहीबार एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता पोखरेलले स्थानीय तहमा एमालेका उम्मेदवारले निर्वाचन जितेमा जनताको आर्थिक र सामाजिक विकासले फड्को बताए । एमाले नेतृत्वको सरकारले मुलुकमा धेरै राम्रा काम गरेकाले एमालेलाई दुईतिहाई मतका साथ जिताउनुपर्नेमा उनले जोड दिए ।
एमालेलुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले देश र जनताको लागि काम गर्ने पार्टी एमाले रहेकाले निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए । उनले सत्तारुढ गठबन्धन कमजोर भएकाले एमालेविरुद्ध निर्वाचनमा गठबन्धनको कुरा गरेको बताए ।
एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । अदालतको परमादेशबाट बनेको सरकार अहिले जति कमजोर इतिहासमै नभएको बताउँदै थापाले प्रतिपक्षी दल एमालेलाई कमजोर बनाउन गठबन्धन गरेको आरोप लगाए ।
एमाले सिद्धार्थनगर वडा नम्बर १२ का अध्यक्ष शुसिल कुवंरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सिद्धार्थनगर उपसचिव कुमार गुरुङले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij