२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

राप्रपाद्वारा सम्मरीमाई–६ मा संगठन विस्तार

शुक्रवार , चैत्र ११, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ११ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले रुपन्देहीको बिहीबार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा संगठन विस्तार गरेको छ । वडास्तरीय भेलाले कन्हई केवटको संयोजकत्वमा १५ सदस्यीय युवक संगठन तथा सलमा केवटको संयोजकत्वमा २१ सदस्यीय महिला संगठन विस्तार गरिएको पार्टीले जनाएको छ ।  

    277027652_1044898783050376_1959953596732264575_n.jpg

    इकाई अध्यक्ष सुरेन्द्र केवटको अध्यक्षता, राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाज्युको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बलराम शर्मा, युवा नेता भोला यादव, क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम शाह, महिला नेतृ सुभावती यादव, नेताहरु भोला देवान, उदयराज सिंह, रमापति यादव, केशवराम तिवारी, मोहम्मद मिर्तजा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन राप्रपाका युवा नेता सुजित कुमार यादवले गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २८ जना राप्रपामा प्रवेश गरेका थिए ।

    277181344_2213308568825995_6482319674961015575_n.jpg