२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पूर्वमन्त्री तथा राप्रपा नेता बोहरालाई भैरहवामा भव्य स्वागत

शुक्रवार , चैत्र ११, २०७८

भैरहवा, ११ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई गृह नगर भैरहवामा भव्य स्वागत गरिएको छ । शुक्रबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राप्रपाका नेता तथा कार्यकर्ताहरुले बोहरालाई भव्य स्वागत गरेका हुन् ।

अमेरिकाबाट स्वास्थ्यउपचार पश्चात भैरहवा आएका बोहरालाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको भीडले भव्य स्वागत गरेको राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले बताए । हालै सम्पन्न पार्टीको महाधिवेशनपछि राप्रपाप्रति आकर्षण बढेको र राप्रपामा प्रवेशको लहर नै चलेको राणाले बताए । ‘विमानस्थलमा नेता कार्यकर्तासंगै आम नागरिकको पनि सहभागिता रहेको थियो, यसले पनि प्रष्ट हुन्छ राप्रपाले नै देश र मुलुकका लागि काम गर्छ भन्ने जनताको बुझाइ छ, ’उनले भने ।

276985791_354026546651561_8876384267547416439_n.jpg

सोही क्रममा शुक्रबार भैरहवास्थित राप्रपा जिल्ला पार्टी कार्यालयमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित स्वाती थापालाई सम्मान गरिएको छ ।

276135605_1343390596161710_2955174397365050124_n.jpg

कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाबाट विभिन्न पार्टी परित्याग गरी ५० जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले पार्टीमा स्वागत गरे ।

277188526_518383683141579_6515792883136375986_n.jpg

कार्यक्रममा बोल्दै नेता बोहराले आसन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा राप्रपाको जीत सुनिश्चित रहेको दावी गरे । उनले निर्वाचनमा राप्रपालाई मतदान गर्न जनता आतुर रहेको बताए । नेता बोहराले राप्रपाको पक्षमा ढुक्कसंग मतदान गर्न अपील गरे ।

277113251_387481192865198_3465050198048375700_n.jpg