images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थनगरमा कृषि बजार भवन निर्माण

सिद्धार्थनगरमा कृषि बजार भवन निर्माण

images
images
images
शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • सिद्धार्थनगरमा कृषि बजार भवन निर्माण

    भैरहवा, ११ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १२ करोड बढीको लागतमा कृषि बजार भवन निर्माण गरेको छ । भवनको शुक्रबार नगरप्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले न्युन पुँजी हुँदाहुँदै पनि बजार व्यवस्थित गर्न र आन्तरिक स्रोत वृद्धिका लागि भवन निर्माण गरिएको जानकारी दिए । नगर उपप्रमुख उमा काफ्लेले ५७ वटा सटर रहेको उक्त भवनमा कृषि थोक सामानलाई विशेष प्राथमिकता दिएर राखिने बताइन् । 

    images
    images
    images

    नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले कृषि बजार पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बनाइएको उक्त कृषि भवन १२ करोड १३ लाख ३६ हजार रुपैयाँ लागतमा निर्माण भएको बताए । नगरपालिकाले ए र बी ब्लक गरी दुईवटा भवन निर्माण गर्ने लक्ष्यअनुरुप ए ब्लकको भवन निर्माण गरेको हो । बी ब्लकको भवन निर्माणको चरणमा छ ।

    वडा नम्बर पाँचमा निर्माण गरिएको ए ब्लक भवन काठमाडौंको रामसागर जेभीले तीन वर्ष लगाएर निर्माण गरेको हो । भवन अण्डर ग्राउण्ड पार्किङसहित पाँच तल्लाको छ ।

    भवनमा एकपटकमा १४ जना अट्न सक्ने लिफ्ट जडान गरिएको छ । यस्तै, २७ वटा चारपाँग्रे कार र ५० वटा मोटरसाइकल अट्ने अण्डर ग्राउण्ड पार्किङ बनाइएको छ । भवनमा इमरजेन्सी ढोका समेत राखिएको छ । नगरपालिकाका अनुसार सुरुका दुई तल्लामा तरकारी बजार, फर्निचर, फेन्सी, घडी, पुस्तक पसल राखिने छ । यस्तै, अन्य तल्लामा बैंक तथा वित्तीय संस्थाको कार्यालय, इलेक्ट्रोनिक पसल, रेष्टुरेण्ट, सभाहल, कार्यालय राखिने छ ।

    IMG_4927.JPG

    निर्माणाधीन बी ब्लकमा कोल्डस्टोर, सिनेमा हल लगायत अन्य दैनिक उपभोग्य र खुद्रा तथा अत्यावश्यक सामान राखिने छ ।
    ए ब्लकको भवनमा मासिक १२ लाख रुपैयाँ नगरपालिकालाई आम्दानी हुने बताइएको छ । वडा नम्बर ५ का वडाअध्यक्ष चेतबहादुर क्षेत्रीले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन कृषि भवन उपलब्धीमूलक हुने विश्वास गरे । अहिले भवन बनेको ठाउँमा यसअघि हप्तामा दुई दिन हाटबजार लाग्ने गथ्र्यो । उक्त बजारलाई व्यवस्थित गरी सुविधा सम्पन्न भवनमा राख्नका लागि कृषि भवन बनाइएको नगरपालिकाको भनाइ छ हो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij