२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सिद्धार्थनगर–१० मा तीनसय जना एमालेमा प्रवेश

शनिवार , चैत्र १२, २०७८

भैरहवा, १२ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा विभिन्न पार्टी परित्याग गरी तीनसय जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शनिबार सिद्धार्थनगर–१० को निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत पार्टी परित्याग गरी तीन सय जना एमालेमा प्रवेश गर्नुभएको एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताए । प्रवेश गर्नेमा राप्रपाबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उम्मेदवार बनेका हरिराम यादव, कांग्रेसका नेता राजकुमार कोहार, सन्तराम हरिजन लगायत रहेको थापाले जानकारी दिए । 

उनीहरुलाई एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज सावित्रा अर्याल, एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, एमाले लुम्बिनी सदस्य राजेन्द्र प्रसाद पन्थी लगायतले पार्टीमा स्वागत गरे ।

निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज सावित्रा अर्यालले एमालेले मात्रै मुलुकको विकास गर्न सक्ने बताइन् । उनले एमाले नेतृत्वको सरकारले धेरै राम्रा काम गरेको दावी गरिन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले कांग्रेसले मुलुकको समस्या समाधान गर्न नसक्ने दावी गरे । उनले मुलुकमा भएका विभिन्न समस्याको समाधान एमालेले गर्ने बताए ।

IMG_5001.JPG

पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य राजेन्द्र प्रसाद पन्थीले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । उनले नेपालमा प्रतिपक्षी दलका विरुद्ध सत्तारुढ दलले गठबन्धन गर्न लागेको बताए । एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले मुलुक एमालेमय बन्दै गएको बताए ।

IMG_5002.JPG

पार्टीका सिद्धार्थनगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले विगतमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा एमाले जित्न नसक्दा विकास निर्माणका कामहरु खासै हुन नसकेकोले एमालेलाई जिताउन आग्रह गरे । कार्यक्रममा शंकर मुराव, भोला मुराव, कपिलदेव गिरीले लगायतले बोलेका थिए ।