
शनिवार , चैत्र १२, २०७८
भैरहवा, १२ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले नारायण प्रसाद हलुवाईको अध्यक्षमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । हलुवाई गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर–५ बाट वडा सदस्यको उम्मेदवार रहेका थिए ।
नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता, नगर उपाध्यक्ष शार्दुल मयुर कसौधनको स्वागत तथा सचिव समिर खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा इञ्चार्ज विनोद क्षेत्री, नगर कमिटी सदस्य पप्पु हलुवाई, युवा संघ नेपाल सिद्धार्थनगरका अध्यक्ष नितेश जानन्धर लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij