शनिवार , चैत्र १२, २०७८
भैरहवा, १२ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस, एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी ५२ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपा तिलोत्तमा कार्यसमितिले शुक्रबार तिलोत्तमा–७ स्थित सेमरा बजारमा आयोजना गरेको विस्तारित भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२ जना राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपामा प्रवेश गर्नेमा माओवादीका पूर्व जिल्ला सदस्य चेतनारायण कंडेल, नेपाली कांग्रेसका क्रियाशिल सदस्य सन्दिप चौधरी लगायत रहेका छन् ।
राप्रपा तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डेको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सचिव बलराम शर्मा जिल्ला सदस्यत्रय गोपीनाथ पाण्डे, विक्रम केसी, रुक्मांगत पाण्डे, नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
