
शनिवार , चैत्र १२, २०७८
भैरहवा, १२ चैत ।
नेपाली काँग्रेस वडा कार्यसमिति वडा नम्बर ३, सिद्धार्थनगरको आयोजनामा शनिबार वडा समितिको कार्यालय उद्घाटन तथा तरुण परिचालन समिति गठन कार्यक्रम सम्पन्न भएको छ । अमर रास्कोटीको सभापतित्वमा ५५ सदस्यीय तरुण परिचालन समिति गठन गरिएको काँग्रेस सिद्धार्थनगर–३ का सचिव धर्मवीर शर्माले बताए । समितिको उपसभापतिमा विमल पाण्डे, सचिवमा कमल थापा, कोषाध्यक्षमा विशाल रास्कोटी र सह–सचिवमा आकाश राना रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, विशिष्ट अतिथि संविधानसभा सदस्य इस्तियाक अहमद खान, कांग्रेस रुपन्देहीका निवर्तमान कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, नेपाल तरुण दल रुपन्देहीका सभापति सोम बहादुर गुरुङ लगायतले बोल्दै आगामी निर्वाचनमा कांग्रेसलाई अत्याधिक बहुमतका साथ जिताउनुपर्ने बताए ।
काँग्रेस सिद्धार्थनगर–३ का कार्यवाहक सभापति रामचन्द्र प्रजापतिको सभापत्वि तथा सचिव धर्मवीर शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij