२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगर–१३ को वडा भेला सम्पन्न

आइतवार , चैत्र १३, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १३ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को वडा कमिटी भेला शनिबार भैरहवामा सम्पन्न भएको छ । भेलाले दुर्गा बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।

    नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डा. ऋषिराम शर्माको प्रमुख आतिथ्यता, सिद्धार्थनगर उपाध्यक्ष शार्दुल मयुर कसौधनको स्वागत तथा नगर सचिव समिर खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सल्लाहकार मुरारी अग्रवाल, सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारी, सिद्धार्थनगर–१३ का इञ्चार्ज उमेश शर्मा, सिद्धार्थनगर कमिटी सदस्य अरुण जानन्धर, युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सदस्य अनिल थापा, सन्दिव अधिकारी, सिद्धार्थनगर अध्यक्ष नितेश जानन्धर, सिद्धार्थनगर–१ का अध्यक्ष बासुदेव कार्की लगायतको उपस्थिति रहेको थियो ।