२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोहिणी–२ का वडाअध्यक्ष जसपा परित्याग गरी राप्रपामा प्रवेश

आइतवार , चैत्र १३, २०७८

भैरहवा, १३ चैत ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सरोज कुमार पाण्डेय जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । वडाअध्यक्ष पाण्डेय गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

राप्रपा रोहिणी गाउँपालिका वडा नम्बर १ र २ को शनिबार सम्पन्न संयुक्त भेला तथा पार्टी प्रवेश कार्यक्रममा वडाअध्यक्ष पाण्डेको नेतृत्वमा १२६ जना, फोरमबाट निर्वाचित ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य कासिम अलीको नेतृत्वमा ५३ जना र ओमसतिया–५ बाट नेता आशिष चौधरीको नेतृत्वमा ३५ जना राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । वडाअध्यक्ष पाण्डेसहित विभिन्न पार्टी परित्याग गरेका नेताहरुलाई राप्रपा वरिष्ठ नेता दीपक बोहरा, निरञ्जन थापाले पार्टीमा स्वागत गरेका थिए ।

277112579_885063845619093_7022229487498326269_n.jpg

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यता, पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सहायक महामन्त्री ताहिर अलि, केन्द्रीय सदस्यद्वय बसन्त शाही, स्वाती थापा, लुम्बिनी प्रदेश सदस्य सब्बिर पठान, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

277112879_346409634104732_6859651380535023675_n.jpg