२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

१२९ जनाले लिए राप्रपाको सदस्यता 

आइतवार , चैत्र १३, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १३ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (रुपन्देही) को जिल्ला पार्टी कार्यालयमा शनिबार दिनभरी १२९ जना नवप्रवेशीहरु पार्टी कार्यालयमा स्वयं उपस्थित भइ पार्टीको सदस्यता ग्रहण गरेका छन् । कार्यक्रमहरुमा राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, पूर्वमन्त्री निरञ्जन थापा, राप्रपा केन्द्रीय उपाध्यक्ष तथा पुर्व आइजिपी ध्रुव प्रधान, केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, प्रदेश अध्यक्ष प्रदिप उदय, सचिव राजन अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

    277112027_721041245702105_1030094740793521348_n.jpg

    वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम

    राप्रपा देवदह नगरपालिका वडा नम्बर ५ को वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शंकर बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता सालिक चापागाईको नेतृत्वमा एमाले, कांग्रेस र माओवादी परित्याग गरी २०१ जना युवाहरु राप्रपामा प्रवेश गरेका छन् ।

    277081272_1295887744230521_6653054750153096991_n.jpg

    राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप कुमार उदयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिव राजन अधिकारी, पूर्व केन्द्रिय सदस्य तोयानाथ लम्साल, देवदह नगर अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो ।

    ४१ जना राप्रपामा प्रवेश

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ मा विभिन्न पार्टी परित्याग गरी ४१ जना राप्रपामा प्रवेश गरेका छन् ।
    राप्रपा तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डेको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिव राजन अधिकारी, जिल्ला सदस्यहरु गोपी पाण्डे, रुक्मांगद पाण्डे, सुर्य कार्की लगायतको उपस्थिति रहेको थियो ।

    277171154_138685578674607_1731282886643668586_n.jpg