२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एमाले नेता तथा पूर्व राज्यमन्त्री गुल्जारी जसपामा प्रवेश

सोमवार , चैत्र १४, २०७८

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, १४ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा प्रवेश गरेका छन् । जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै गुल्जारी जसपामा प्रवेश गरेका हुन् ।

    त्यस्तै नेपाली काँग्रेसका नेता सन्तोष श्रीवास्तव, जनमत पार्टी रुपन्देहीका संगठन विभाग प्रमुख निधिलाल निसाद, एमाले जिल्ला सदस्य पदम थापा मगरसहित तीन सय जना जसपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवले बताए ।
    उनीहरुलाई जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा स्वागत गरे ।

    277232426_1035382777393022_4596686596415337543_n.jpg

    कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जसपाले मात्रै मुलुक र जनताको पक्षमा काम गर्न सक्ने बताए । जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    277186077_712890356379309_2450514631737906885_n.jpg