२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

शुद्धोधन गाउँपालिकाका तीन वडामा राप्रपाको प्रचार कार्यालय उद्घाटन 

बुधवार , चैत्र १६, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १६ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तीन वटा वडामा चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर २, ३ र ४ को चुनाव प्रचार प्रसार कार्यालय मंगलबार उद्घाटन गरिएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । कार्यालयको राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उद्घाटन गरेका थिए ।

    सोही कार्यक्रममा सौफर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमिति सदस्यमा निर्वाचित कदम शर्मा पौडेल, मानपकडी खानेपानी  उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमिति सदस्यमा निर्वाचित गाउँ कमिटी सचिव फुलमान चौधरी थारु, धर्मगुरु चुरामणी पाण्डे र विभिन्न व्यक्तित्वहरुलाई प्रमुख अतिथि नेता बोहराले अबिर र खादा लगाइ सम्मान गरेका थिए ।

    277316150_1880448969009435_8482596257113598530_n.jpg
    undefined

    त्यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५७ जना राप्रपामा प्रवेश गरेका थिए । उनीहरुलाई नेता बोहराले पार्टीमा स्वागत गरेका थिए ।

    कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु बसन्त विक्रम शाही, स्वाती थापा, नानुमैया आचार्य, नेताहरु राम बहादुर थापा, अर्जुन थापा, प्रेम चौधरी, अरुण शाही लगायतको उपस्थिति रहेको थियो ।