२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

"गठबन्धनको पटका पड्काउँदैमा एमाले तर्सिदैन"- विष्णु पौडेल

बुधवार , चैत्र १६, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले  गठबन्धनको पट्का पड्काएर एमालेलाई चुनावमा तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । उपाध्यक्ष  पौडेलले एमाले विरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

    प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट पारे ।

    पौडेलले एमालेलाई सिध्याउन कानुनको धज्जी उडाएर अदालत न्यायलयलाई दुरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताए । उनले गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हासिल गर्ने दाबी गर्दै एमालेले गरेका ठूला ठूला बिकास निर्माणका कामहरुलाई जनता समक्ष ल्याउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

    उपाध्यक्ष पौडेलले अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै  एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने बताए ।