
शनिवार , चैत्र १९, २०७८
भैरहवा, १९ चैत ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागि जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्र्टी, नेपालका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष राजुु गुुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुुझेर केन्द्रलाई सुुझाव पठाउनेछ भने जिल्लामा आवश्यक रणनीति तय गर्नेछ । संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तुुस्थिति बुुझेर यही चैत २२ गते थप छलफल गर्नेछ ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य हकिकुल्ला खाँ, जनता समाजवादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजवादीका इञ्चार्ज सिद्धिचरण भट्टराई, माओवादी केन्द्रका सोनिया यादव, मक्सुद अली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र प्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij