images

शुक्रवार, चैत्र १६ गते २०८०

‘एकताका काँधहरु’ कविता संग्रह विमोचन 

‘एकताका काँधहरु’ कविता संग्रह विमोचन 

images
images
images
शनिवार, चैत्र १९ २०७८
शनिवार, चैत्र १९ २०७८
  • ‘एकताका काँधहरु’ कविता संग्रह विमोचन 

    भैरहवा, १९ चैत ।
    पत्रकार तथा साहित्यकार पुनहरि बेल्बासेद्वारा लिखित कविता संग्रह विमोचन भएको छ । शनिबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले ‘एकताका काँधहरु’ कविता संग्रह विमोचन गरेका हुन् । मन्त्री भुसालले सिद्धार्थ साहित्य परिषद्को नवनिर्मित भवनको उद्घाटन र पत्रकार बेल्बासेको कृति विमोचन गरेका हुन् ।

    images
    images
    images

    कविता संग्रह विमोचन गर्दै पूर्वमन्त्री भुसालले पत्रकार अध्ययनशील हुने भएकाले आफ्नो पेशासँगै साहित्य क्षेत्रलाई अगाडि बढाउन सक्ने बताए । साहित्यले मानिसलाई अमर बनाउने भएकाले अध्ययनसँगै लेखन र कृति प्रकाशन गर्नुपर्ने उनले जोड दिए । 
    संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. कपिल लामिछानेले स्थापनाकालदेखि सिद्धार्थ साहित्य परिषद्ले नियमित रूपमा मासिक संगम गर्ने र कृतिकारका कृतिहरु प्रकाशन गर्ने गरेको बताए । ‘साहित्यमा धेरैजसो व्यक्तित्वले कविताबाट संग्रह निकाल्ने गरेको र एकताका काँधहरु पनि कविता र गजलको संग्रह रहेको छ, ’लामिछानेले भने ।

    सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले एकताका काँधहरु वि.सं. २०७७ साल साउनमा सिद्धार्थ साहित्य परिषद्ले प्रकाशन गरेको र कोभिड–१९ का कारण विमोचन गर्न ढिलाइ भएको बताए । बेल्बासेद्वारा रचना गरिएको एकताका काँधहरु कविता संग्रहमा देशभक्त, प्रकृति प्रेम र समसामयिक विषयका कविताहरु रहेका छन् भने भावनात्मक र माया प्रेमका गजलहरु रहेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij