
शनिवार , चैत्र १९, २०७८
भैरहवा, १९ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा विभिन्न पार्टी परित्याग गरी ११६ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । तिलोत्तमा–१७ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य सन्दिप चौधरी, युवा नेता उदयराज न्यौपाने, नेकपा (माओवादी केन्द्र)का लाल बहादुर कार्की, नारायण प्रसाद पन्थीसहित ११६ जना राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपा तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डेको अध्यक्षता, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सल्लाहकार समिति संयोजक कृष्ण प्रसाद भण्डारी, नेताहरु गोपीनाथ पाण्डे, विक्रम के.सी. रुक्मांगद पाण्डे, समाजसेवी तथा नेता चेत नारायण कंडेलको उपस्थिति रहेको थियो ।
टोल समिति गठन
राप्रपाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित फुलपुरमा टोल समिति गठन गरेको छ । उदयराज यादवको संयोजकत्वमा ११ सदस्यीय टोल समिति गठन गरिएको पार्टीले जनाएको छ । इकाई अध्यक्ष राजकुमार यादवको अध्यक्षता, राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, प्रस्तावित वडाअध्यक्षका उम्मेदवार छेदीलाल श्रीवास्तव, नेताहरु नन्दकिशोर यादव, ओमनाथ कोहार, श्याम कोहार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij