२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

बुटवल–१८ र १९ मा राप्रपाको चुनाव प्रचार कार्यालय उद्घाटन

आइतवार , चैत्र २०, २०७८

भैरहवा, २० चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । राप्रपाका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले कार्यालयको उद्घाटन गरेका हुन् ।

पूर्वमन्त्री बोहराको प्रमुख आतिथ्यता, राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४३ जना राप्रपामा प्रवेश गरेको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

277542325_944243032905991_5065673308406624648_n.jpg