२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया गोष्ठी

आइतवार , चैत्र २०, २०७८

  • 7.8K
    Shares
  • 7.8K
    Shares
  • भैरहवा, २० चैत । 
    कृषि विकास बैंक लिमिटेड भैरहवा शाखाको आयोजनामा केरा उत्पादक कृषक, व्यापारी तथा सरोकारबालाबीच व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया गोष्ठी कार्यक्रम शुक्रबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सम्पन्न भएको छ । केरा खेती गर्ने किसानहरुलाई केरा खेतीको अवसर, केरा खेती गर्दा किसानहरुले भोग्नु परेको समस्या र समस्याका बारेमा सरोकारवाला निकायसँग प्रत्यक्ष अन्तरक्रिया गरी समाधान गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिका वडा नम्बर ६ अध्यक्ष राजेन्द्र यादवले केरा खेतीबाट राम्रो आम्दानी हुने भएकाले अन्य खेती बन्दा केरा खेतीलाई प्राथमिकतामा राख्दै केरा उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

    कृषि विकास बैंक लुम्बिनी प्रदेश कार्यलयका प्रतिनिधि जय नेपाल श्रेष्ठले कृषि विकास बैक कृषकहरुलाई विशेष छुटका साथ ऋण दिने बताए । उनले विषादीको प्रयोग भन्दा अर्गानिक खेती गर्न किसानहरुलाई सुझाव समेत दिए ।

    गंगा श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृषि विकास बैक भैरहवा शाखाका कृषि शाखा प्रबन्धक नवीन श्रीवास्तव, कृषि ज्ञान केन्द्रका अधिकृत महादेव चौधरी, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका सहायक प्रबन्धक गणेश प्रसाद घिमिरे, सिद्धार्थ इन्स्योरेन्सका प्रबन्धक गौतम सापकोटा, कृषि विकास बैंकका व्यवसाय अधिकृत अश्विनी कुमार चौधरी, वेलामाई कृषि सहकारी संस्था अध्यक्ष विष्णु यादव, प्रजापति एकीकृत कृषि तथा पशुफर्म सञ्चालक मान बहादुर प्रजापति, कृषक लगायतको सहभागिता रहेको थियो ।