images
images

आइतवार, जेठ ६ गते २०८१

टिप्परको ठक्करबाट रुपन्देहीमा वृद्धको मृत्यु

टिप्परको ठक्करबाट रुपन्देहीमा वृद्धको मृत्यु

images
images
images
मंगलवार, कार्तिक १८ २०७७
मंगलवार, कार्तिक १८ २०७७
  • टिप्परको ठक्करबाट रुपन्देहीमा वृद्धको मृत्यु

    भैरहवा, १८ कार्तिक । 
    टिप्परको ठक्करबाट रुपन्देहीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षिय नेत्रलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    सोमबार बुनपा–६ पुष्पलाल पार्कस्थित पूर्व पश्चिम राजमार्गमा बाटो काटिरहेको अवस्थामा लु २ ख ३०४६ नम्बरको टिप्परले ठक्कर दिदा सामान्य घाइते भएका पैदलयात्री श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी खड्क बहादुर खत्रीले बताए । 

    घाइते भएका श्रेष्ठलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र ढाडको समस्याको कारण थप उपचारको लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएकोमा उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको खत्रीले जानकारी दिए ।

    images
    images
    images

    ठक्कर दिने टिप्पर लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको र चालक सोही कार्यालयको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    त्यस्तै  टिप्परको ठक्करबाट मायादेवी गाउँपालिका–८ का ८ वर्षिय रघुबिर हरिजनको सोमबार मृत्यु भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij