२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

राप्रपाको बृहत आमसभा तथा पार्टी प्रबेश कार्यक्रम शुरु 

सोमवार , चैत्र २१, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भैरहवामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम शुरु भएको छ । भैरहवास्थित खजहना चोकमा दिउसो १ बजेबाट आमसभा शुरु भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्नका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष धु्रव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायत सम्बोधन गर्न कार्यक्रम स्थल आएका छन्।

    कार्यक्रममा राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, पार्टिका केन्द्रिय सहमहामन्त्री ताहिर ओली, केन्द्रिय सदस्य रेखा थापा लगाएतले सम्बोधन गरेका छन्। 
    कार्यक्रममा थारु नाँच प्रदर्शन गरिएको थियो। आमसभामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्ने राप्रपा रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए।