
मंगलवार , चैत्र २२, २०७८
काठमाडौं, २२ चैत ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन् ।
प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा सोमबार पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरे ।
उनले कम्युनिष्टहरुले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij