
मंगलवार , चैत्र २२, २०७८
भैरहवा, २२ चैत ।
सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने घोषणा गरेका छन् ।
भैरहवामा मंगलबार बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागि नगर र वडामा संयन्त्र गठन गरी वडा तहसम्म नै तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस नगर सभापति कोशिष बहादुर खड्काको सभापतित्वमा बसेको सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको नगरस्तरीय संयुक्त बैठकले चुुनावी संयन्त्र निर्माण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस नगर सभापति खड्का, नेकपा (माओवादी केन्द्र) का नगर इञ्चार्ज फैज अहमद खान, नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र प्रसाद आचार्यद्वारा जारी संयुुक्त विज्ञप्तीमा गठबन्धनमा आबद्ध दलहरुबीच गठबन्धनको मर्म र भावना अनुुरुप एकआपसमा सम्मान र हार्दिकताको विकास गर्दै स्थानीय तहको निर्वाचनमा संयुुक्त रुपमा सहभागी हुुने उल्लेख छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका सबै वडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij