
पालिकास्तरीय संयन्त्रको सुुझावबमोजिम निर्णय
बिहिवार , चैत्र २४, २०७८
भैरहवा, २४ चैत ।
सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा रुपन्देहीका के कसरी टिकट बाँडफाँड गर्ने भनेर छलफललाई तीव्र पारेका छन् । जतिसक्दो छिटो जिल्लाका १६ वटै स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडी बढेको गठबन्धनका संयोजक एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा पालिकास्तरीय सयंन्त्रलाई तत्काल संयुक्त बैठक बसी यही चैत २७ गतेभित्र जिल्लामा रायसुुझाव पठाउन निर्देशन दिने निर्णय समेत भएको छ ।
त्यस्तै गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलसंग बैठक नबस्न समेत निर्देशन भएको छ ।
सबै दलको सह–अस्तित्व स्वीकार गर्दै सम्मानजनक रुपमा साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडी बढेको जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिए । संयोजक खाँणको सभापतित्वमा बसेको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस नेता भरतकुमार शाह, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मक्सुुद अली, केन्द्रीय सदस्य सोनिया यादव, जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), जिल्ला अध्यक्ष राम अवतार यादव, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजुु गरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका सचिव हरि काफ्ले, क्षेत्रीय सभापति शुुशिल गुुरुङ लगायतले धारणा राख्दै आ–आफ्ना पार्टी र संयन्त्रबाट पालिकाको रायसुुझाव लिइ ठोस निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij