२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई समाधान गर्छु : मन्त्री बडू

बिहिवार , चैत्र २४, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्ने बताएका छन्। 

    बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाधान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताएका हुन्।

    यसका लाग अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासंग छलफल गरिने उनले बताए । उनले थप मूल्यबृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने उल्लेख गरे।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएका हुन् । यसअघि उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।