
बिहिवार , चैत्र २४, २०७८
भैरहवा, २४ चैत ।
सत्ता गठबन्धनमा आबद्ध पाँच दलको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्तरीय बैठकले गठबन्धनबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षसहित सदस्यहरुका साझा उम्मेदवार छिट्टै घोषणा गर्ने भएका छन् । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षसहित सदस्यहरु गठबन्धनले साझा उम्मेदवार घोषणा गर्ने पनि गठबन्धनको बिहीबार बसेको बैठकले निर्णय गरेको छ ।
नेपाली कांग्रेस नगर सभापति कोशिष बहादुर खड्काको सभापतित्वमा बसेको सत्ता साझेदार दलहरु नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको नगरस्तरीय संयुक्त बैठकले प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा गर्दै शान्ति, विकास र समृद्धिको लागि गठबन्धनको विकल्प नरहेको समेत औल्याएका छन् ।
बैठकमा कांग्रेस नगर सभापति खड्का, सचिव अनिल केसी, माओवादी केन्द्रका नगर इञ्चार्ज फैज अहमद खान, नगर अध्यक्ष नारायण हमाल, एकीकृत समाजवादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, उपाध्यक्ष सार्दुल मयुुर कसौधन, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल, नगर इञ्चार्ज मोहम्मद अली र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र प्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij