images

शुक्रवार, चैत्र १६ गते २०८०

पटक पटकको बिद्युत ट्रिपिङले उद्योगी हैरान

पटक पटकको बिद्युत ट्रिपिङले उद्योगी हैरान

images
images
images
बिहिवार, चैत्र २४ २०७८
बिहिवार, चैत्र २४ २०७८
  • पटक पटकको बिद्युत ट्रिपिङले उद्योगी हैरान

    भैरहवा। अनियमित विद्युत कटौती, भोल्टेज अप–डाउन र ट्रिपिङका कारण रुपन्देहीका उद्योगी समस्यामा परेका छन्। लामो समयसम्म कोभिड १९ को महामारीबाट थलिएर भर्खरै उठ्दै गरेका उद्योगी बिद्युत ट्रिपिङले समस्यामा पारेको गुनासो गरेका छन्। 

    images
    images
    images

    बढ्दो गर्मी, उच्च माग र भारतबाट आउने बिद्युत अनियमित भएका कारण ट्रिपिङको समस्यमा आएको बिद्युत प्राधिकरणले जनाएको छ। पटक पटक बिजुली जाने समस्याले रुपन्देहीका विभिन्न क्षेत्रका उद्योगीहरु मारमा परेको बताएका छन्। ट्रिपिङका कारण उद्योगमा औद्योगिक मेसिनरी आईटम बिग्रनुका साथै उत्पादन लागत समेत बढ्दा बजारमा प्रतिष्पर्धा गर्न अप्ठ्यारो परेको उद्योगीहरु बताउछन्। 

    भैरहवा बुटवल औद्योगिक करिडोरमा रहेको एसआर फुड्सका सञ्चालक सुमन भुषालले पछिल्लो एक हप्ता देखि दैनिक १७/१८ पटक बिद्युत ट्रिपिङ हुने गरेको बताए। उनले पटक पटक बिजुली जाँदा उत्पादनमा लागत बढेको बताए। बिद्युत अनियमित हुदा उद्योगमा निकै समस्यामा परेका छौ, उनले भने जेनेरेटर चलाउदा डिजेलको मुल्य आकासिएको हुदा उत्पादन लागत बढ्न जाने हुदा बजारमा प्रतिष्पर्धा गर्न कठिनाइ भएको छ। 

    बिजुलीको समस्या समाधानका उद्योगीहरुले नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय र भैरहवा बितरण केन्द्रमा छलफल गरेका छन्। दैनिक रूपमा १७/१८ पटकसम्म हुने बिजुलीको ट्रिपिङका कारण उद्योग नै बन्द गर्ने अबस्थामा पुगेको गोयनका स्टील्सका सञ्चालक अमित गोयनका जानकारी दिए। उनले ट्रिपिङ समस्यमा समाधानका लागि उद्योगहरुले एक दिन उद्योग बन्द गराएर भएपनि लोड मिलान गर्न प्राधिकरणलाई आग्रह गरे। 

    आर्थिक मन्दीको सामना गरिरहेका उद्योगीलाई बिद्युत समस्याले आजित बनाएको बताएका छन्। घराना फुड्सका प्रबन्ध निर्देशक विकासकुमार गोयनका विद्युत ट्रिपिङले निकै समस्या पारेको बताउँछन्। उनले ट्रिपिङको समयमा पाइपलाइनमा रहेको कच्चा पदार्थ खेर जाने गरेको बताउँदै स्वदेशी उद्योगसँग पनि प्रतिस्पर्धा गर्न नसकिएको बताए। एक पटक ट्रिपिङ हुँदा कच्चा पदार्थका साथै १५ मिनेट मेसिनले काम गर्न खर्चिनुपर्ने गोयनका बताउँछन। 

    लुम्बिनी प्रदेश सरकारले रुपन्देहीलाई औद्योगिक राजधानी बनाउने भनेर घोषणा गरे पनि बिजुलीकै कारण बाधा परेको उद्योगीहरुको भनाई छ। 
    ट्रिपिङका कारण भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी औद्योगिक करिडोर तथा भैरहवा आसपास क्षेत्रका उद्योग समस्यामा परेका छन्। त्यसमा पनि सबैभन्दा बढी ३३ केभिए फिडर अन्तरगतको न्यु टु अन्तरगतका १७ वटा उद्योग मारमा परेका छन्। 

    यस क्षेत्रमा पुरानो, न्यु वान र न्यु टु गरी तीनबटा ३३ केभिए फिडर रहेका छन्। प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अबधेश कुमार दुवेले मागअनुसारको आपूर्ति नहुँदा ओभरलोड हुने र ड्रप कन्ट्रोलमा समस्या आएको बताए। एकातिर माग बढी आपूर्ति कम अर्कोतर्फ आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अप–डाउनजस्ता समस्या देखिएको बताउदै उद्योगीहरुसंग समन्वय गरेर समस्यया समाधान गरिने उनको बताए। 

    सबैले एकै पटक उद्योग चलाउदा समस्या आएको हो उनले भने मिनिमम लोडमा चलाए समाधान हुन्छ, उद्योगीहरुले यसमा बिद्युत प्राधिकरणलाई सहयोग गर्नु पर्दछ। उनले आगामि २/३ दिन भित्रमा सम्पुर्ण समस्या समाधान गर्ने बताए। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij