images
images

शनिवार, जेठ ५ गते २०८१

टिकट जसले पाए पनि सहयोग गर्ने कांग्रेस सिद्धार्थनगरका मेयर आकांक्षीको प्रतिवद्धता

टिकट जसले पाए पनि सहयोग गर्ने कांग्रेस सिद्धार्थनगरका मेयर आकांक्षीको प्रतिवद्धता

images
images
images
शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • टिकट जसले पाए पनि सहयोग गर्ने कांग्रेस सिद्धार्थनगरका मेयर आकांक्षीको प्रतिवद्धता

    भैरहवा, २६ चैत ।
    नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिकाका मेयर पदका आकांक्षीहरुले टिकट जसले पाए पनि एक अर्कालाई सहयोग गरी हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । 

    images
    images
    images

    कांग्रेस सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयरका आकांक्षीहरुले सबै जना मेयरको लागि योग्य रहेको भन्दै सबैले टिकट पाउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै कांग्रेस र गठबन्धनलाई जिताउन लागिपर्ने बताए । मेयर पदमा कांग्रेसबाट ७ जना आकाक्षीं छन् । तीमध्ये महासमिति सदस्य दीपक क्षेत्री न्यौपानेले स्वास्थ्य समस्याका कारण आफू मेयरबाट आफ्नो दावी निकाल्दै टिकट पाउनेलाई सहयोग गर्ने घोषणा गरेका छन् । 

    मेयर पदका आकांक्षी एवं सविधानसभा सदस्य इस्तियाक अहमद खानले सबै जना मेयरको लागि योग्य हुँदाहुँदै पनि एक जनाले मात्र टिकट पाउने बाध्यता आफूले बुुझेको र जसले टिकट पाए पनि आफ्नो तर्फबाट कुुनै कसर नराखी विजयी गराउन लागिपर्ने बताए । क्षेत्र नम्बर ३ का सभापति एवं मेयर पदका आकांक्षी शुुशिल गुुरुङले कांग्रेस र गठबन्धनलाई जिताउन मिलेर जानुुको विकल्प नरहेको भन्दै पार्टीले आकांक्षीमध्ये जसलाई टिकट दिए पनि आफूले सहयोग गर्ने बताए । 

    त्यस्तै प्रदेश सभा ३ (क) का सभापति एवं मेयर पदका आकांक्षी सुुरेन्द्र जंग थापाले पनि आकांक्षीहरु सवै बलिया र योग्य रहेको भन्दै टिकट जसले लिए पनि आफुुहरुबीच मनमुुटाव नहुुने बताए । महासमिति सदस्य एवं मेयर पदका उम्मेदवार महेन्द्र कुुमार श्रेष्ठले पनि एकले अर्कालाई सम्मान गर्दै अगाडी बढेको अवस्थामा पछि पनि कुुनै समस्या नआउने र पार्टीले गरेको निर्णयलाई सहयोग गर्ने बताए । 

    निवर्तमान क्षेत्रीय सभापति एवं मेयर पदका आकांक्षी मातृका प्रसाद यादवले पनि आफुू पार्टीको इमान्दार सिपाही भएको भन्दै पार्टीको निर्णयलाई सिरोधारण गर्नुुको विकल्प कसैसगं पनि नरहेको बताए । 

    त्यस्तै पूर्व जिल्ला उपसभापति एवं मेयर पदका आकांक्षी विजय शर्माले टिकट आफूले नपाएको खण्डमा पनि जसले टिकट पाउँछ उसलाई जिताउन आफ्नो तर्फबाट कुुनै कसर नराख्ने बताए । नगर सभापति कोशिस बहादुुर खड्काले आकांक्षीहरु सबै योग्य र पार्टीप्रति बफादार रहेको औल्याउँदै एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता सराहनीय रहेको बताए । कांग्रेस नगर सचिव अनिल केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij