२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

जसपा सिद्धार्थनगर–१ को प्रचार प्रसार कार्यालय उद्घाटन

शनिवार , चैत्र २६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २६ चैत ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा सम्पर्क कार्यालय प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता यादवले जनताको सेवामा समर्पित हुन आग्रह गरे ।

    पार्टीबाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वडाअध्यक्षका प्रस्तावित उम्मेदवार उज्जवल पोखरेलले वडाको विकासका लागि काम गर्ने बताए । उनले भने, ‘निर्वाचन आउँदैछ, अब पालो नेताको होइन, जनताको हो, जनताले कस्तो नेता चुन्ने ।’

    कार्यक्रममा लुम्बिनी प्रदेशकी कृषि मन्त्री सुमन शर्मा रायमाझी, भौतिक पूर्वाधार मन्त्री सहसराम यादव, पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान, प्रदेश मुख्य सचिव यज्ञ पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव लगायतको आतिथ्यता रहेको थियो ।