images
images

शनिवार, जेठ ५ गते २०८१

द हिमान्सु डिजाईनर्स रनवे सिजन २ को फाइनल चैत २८ गते

द हिमान्सु डिजाईनर्स रनवे सिजन २ को फाइनल चैत २८ गते

images
images
images
शनिवार, चैत्र २६ २०७८
शनिवार, चैत्र २६ २०७८
  • द हिमान्सु डिजाईनर्स रनवे सिजन २ को फाइनल चैत २८ गते

    बुटवल, २६ चैत । 
    बुटवल अमर पथमा रहेको हिमान्सु बुटिक एण्ड ट्रेनिङ् सेन्टरको आयोजनामा द हिमान्सु डिजाईनर्स रनवेको दोस्रो सेसनको फाइनल चैत २८ गते हुने भएको छ । फेसन डिजाईनर्सहरुले चैत १ गतेदेखि सुरु गरेको तालिमको फाइनल चैत २८ गते हुन लागेको पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा हिमान्सु बुटिक एण्ड ट्रेनिङ सेन्टरकि सञ्चालक हिरा पेग्निले महिलाहरूको आत्मविश्वास बढाउँदै उद्यमशिलतामा जोड्नको लागि प्रतियोगिता गर्न लागेको जानकारी दिइन् । चैत १ गतेबाट प्रयोगात्मक तालिम र २३ गतेबाट सैद्वान्तिक तालिम सुरु भएको जानकारी दिदै उनले प्रथम, द्वितीय हुँदै टप १० प्रतिष्पर्धीलाई पुरस्कार प्रदान गरिने जानकारी दिइन् । कार्यक्रम सम्पन्न गर्नको लागि १० लाख बढी खर्च हुने अनुमान गरिएको उनले जानकारी दिइन् । उनले पहिलेको समयमा फेसन डिजाइनिङको हेराइमा नकारात्मक सोच भए पनि आजभोली यसतर्फ आकर्षण रहेको बताइन् । ट्रेनिङ सेन्टरबाट अहिलेसम्म १ सय बढीले तालिम लिएर बुटिक सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

    पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक पवन आचार्यले २१ जना डिजाइनर्स महिलाको सहभागीता रहेको प्रतियोगितामा १० जना महिला मोडल, एक तेस्रोलिंगी महिला र १५ जना किड्स मोडल रहेको जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई इण्डष्ट्रीयल स्वयङ मेसिन, द्वितीय हुनेलाई ईलेक्ट्रीकल स्वयङ मेसिन र तृतीयलाइ पिको स्वयङ मेसिन प्रदान गरिने जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै ईभेन्ट संयोजक रेशम न्यौपानेले प्रतियोगिहरुबाट फर्म चार्ज १ हजार लिएको र त्यो वापत ३ वटा ड्रेस हिमान्सु बुटिक व्यवस्थापन गरिने जानकारी दिए । 

    कार्यक्रमको टिकट बाट उठेको रकम मध्य १० प्रतिशत सामाजिक कार्यमा खर्चिने जानकारी जानकारी दिइन। प्रतियोगीताको निर्णायकमा केन्द्रिय फेसन डिजाईनर्स युबि थापा लगायत रहनेछन।  कार्यक्रममा बोल्दै रनवे कोअर्डिनेटर अभिबिन्द खनियाले फाईनलको तयारी पूरा भएको जानकारी दिए। द हिमान्सु डिजाईनर्स रनवे पहिलो सिजनको बिजेता सृष्टि गुरुङ थिइन।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij