२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सिद्धार्थनगर–८ मा राप्रपाको चुनाव प्रचार कार्यालय उद्घाटन

आइतवार , चैत्र २७, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २७ चैत ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित वि.पी. पथमा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ । शनिबार एक कार्यक्रमकाबीच राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले कार्यालयको उद्घाटन गरेका हुन् । 

    इकाई अध्यक्ष तथा प्रस्तावित वडा अध्यक्षको उम्मेदवार मेघनाथ आचार्यको अध्यक्षता, राप्रपा जिल्ला अध्यक्ष तथा नगर प्रमुखका उम्मेदवार सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, सह-सचिव कृष्ण गुरुङ, युवक संगठन अध्यक्ष शंकर खत्री, नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, कृष्ण अर्याल, प्रकाश ढाडी, धन बहादुर भण्डारी, मेघराज पन्थी, मेनुका गौतम, सुमित्रा वि.क. लगायतको उपस्थिति रहेको थियो ।

    277930625_383898596918062_1308138065454904022_n.jpg

    कार्यक्रमको सञ्चालन कपिलदेव  भट्टराईले गरेका थिए ।