
आइतवार , चैत्र २७, २०७८
भैरहवा, २७ चैत ।
विभिन्न पार्टी परित्याग गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा ३३ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
उनीहरुलाई शनिबार एक कार्यक्रमकाबीच राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणा र उपाध्यक्ष अजय कुमार गुप्ताले संयुक्त रुपमा पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, नेताहरु युवराज तिमिल्सिना, शंकर खत्री, नारायण उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij