
आइतवार , चैत्र २७, २०७८
भैरहवा, २७ चैत ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ३ मा विभिन्न पार्टी परित्याग गरी २५ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपा सैनामैना नगर कमिटीले वडा नम्बर ३ स्थित मुर्गियामा आयोजना गरिएको कार्यक्रममा २५ जना युवाहरु राप्रपामा प्रवेश गरेका हुन् ।
पार्टीका नगर अध्यक्ष हरि नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय अध्यक्ष राम बहादुर थापा, नेताहरु रमन गिरी, ईश्वरी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij