२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

पूर्वअर्थमन्त्रीहरुको ध्यानाकर्षण 

आइतवार , चैत्र २७, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ, २७ चैत। पूर्वअर्थमन्त्रीहरुले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
          
     आज पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएका हुन्। 

     उनिहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा रु २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरेका छन्। 

      हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि उनिहरुले गरेका छन्।  उनिहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गरेका छन्। रासस