२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सिद्धार्थनगर–३ मा राप्रपाको प्रचार प्रसार कार्यालय उद्घाटन 

सोमवार , चैत्र २८, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २८ चैत ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरिएको हो ।

    277962118_721271262344903_745901717955201098_n.jpg

    इकाई अध्यक्ष तथा प्रस्तावित वडा अध्यक्षको उम्मेदवार नारायण उपाध्यायको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, सल्लाहकारद्वय कृष्ण भण्डारी, मधुसूदन सिंह, कोषाध्यक्ष राजेश ढकाल, सह–सचिव कृष्ण गुरुङ, सिद्धार्थनगर अध्यक्ष चन्द्र भक्त श्रेष्ठ, नगर उपाध्यक्षद्वय तारा गुरुङ, संगिता गुरुङ, नेताहरु अनुप थापा, गोपाल भण्डारी, पप्पु कुर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शंकर खत्रीले गरेका थिए ।

    278057136_794953324800474_322152250671014251_n.jpg