२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

असारे विकास अन्त्य गर्न योजनाहरूको सम्झौता कार्य प्रारम्भ

बिहिवार , श्रावण ८, २०७७


अर्घाखाँची, ८ साउन ।
अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये भुमिकास्थान नगरपालिकाले असारे विकास अन्त्य गर्नको लागि आर्थिक वर्ष २०७७/०७८ विकास निर्माणका योजनाहरूको सम्झौता कार्य प्रारम्भ गरेको छ । पहिलो सम्झौताको रूपमा नगरपालिकाको वडा नम्बर ४ स्थित बीरेन्द्र आधारभूत विद्यालयको वाल निर्माणको लागि ९ लाख ४३ हजार २ सय २३ बराबरको कार्यको सम्झौता भएको हो ।

पहिलो सम्झौता पश्चात नगरप्रमुख रेशम थापाले नगरपालिकाका सबै योजनाहरु समयमै समझौता गर्ने, पारदर्शी ढंगबाट योजनाको कार्यान्वयन गर्ने, अन्तिम भुक्तानीका लागि ताकेता गरी समयमै सबै कार्य सम्पन्न गर्ने र आर्थिक वर्षको अन्त्यमा विकृतिको रूपमा देखिएको असारे योजना बनाउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए ।

109071488_287035075691372_1675306728187183884_n.jpgनगरपालिकामा आ.व. ०७७/७८ मा कार्यान्वयन हुने विकास निर्माणका योजनाहरू निशर्त तर्फका योजना ५३ र कार्यक्रम २० गरी जम्मा ७३ रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए । उनले विगतमा जस्तै प्रभावकारी र पारदर्शी ढंगबाट योजनाको कार्यान्वयन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट होस्टेमा हैसे गर्दै खट्न र लागि पर्न सम्बद्ध सबै कर्मचारीहरुलाई निर्देशन दिए ।